गृहपृष्ठ ∕ समाचार ∕ असहमतिको उपचार खोज्दा अरुको अधिकार ख्याल गरौंः पत्रकार महासंघ असहमतिको उपचार खोज्दा अरुको अधिकार ख्याल गरौंः पत्रकार महासंघ सिन्धु खबर भदौ २४, २०७७ गते १६:५९ मा प्रकाशित सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले जिल्लाका विभिन्न नदीहरुबाट हुंदै आएको बालुवा उत्खनन् र निकासीका सन्दर्भमा सञ्चारमाध्यमले उठाएका सवालहरुमा जिल्ला समन्वय समितिले आज सार्वजनिक गरेको धारणाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा सञ्चारमाध्यमले पित पत्रकारिता गरेको उल्लेख गरेपछि महासंघले ध्यानाकर्षण भएको जनाएको हो । गएको साताभर पत्रपत्रिका, एफएम रेडियो र अनलाइनबाट बालुवाको उत्खनन् र निकासीमा समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रमुख ताामाङलाई व्यक्तिगत रुपमा पनि जिम्मेवार रहेको आरोप लगाइएको थियो । सञ्चारमाध्यमले तामाङकोे अवैध उत्खनन् र निकासीमा संलग्न रहेको दावी गरेका थिए । सञ्चारमाध्यमले राजनीतिक आडमा आफ्ना कार्यकर्तालाई जोगाएको समाचार सार्वजनिक गरेका थिए । त्यसप्रति असहमति जनाउंदै तामाङले प्रकाशित गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई गलत समाचार सम्प्रेषण गरेको भन्दै आक्रोस पोखेका छन् । पत्रकार महासंघले सञ्चारमाध्यमले उठाएका विषयमा असहमति राख्न सकिने भएपनि आचारसंहिता र कानुनले तोकेका दायरामा रहन आग्रह गरेको छ । महासंघले विज्ञप्तिमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यसमा पनि चित्त नबुझेमा अदालती उपचार खोज्न सकिने प्रावधानको स्मरणर गराएको छ । आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकार हनन् नहोस् भन्ने हेक्का निर्वाचित संस्थाले राख्नुपर्ने धारणा महासंघको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे