आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारईन्द्रावतीमा प्रभावकारी बन्दै बाँदर धपाउने यन्त्र

ईन्द्रावतीमा प्रभावकारी बन्दै बाँदर धपाउने यन्त्र


नवलपुर । किसानका बालीमा क्षति पु¥याउन थालेपछि बाँदर धपाउने यन्त्र प्रभावकारी बनेको छ ।अन्न बाली, लहरे बाली तथा फलफूल र तरकारी खेतीमा नोक्सानी बढेपछि प्रयोगमा ल्याइने यन्त्र किसानका लागि राहत बनेको हो ।

इन्द्रावती गाउँपालिकामा बाँदरले बालीनाली सखाप पार्न थालेको गुनासो बढेपछि गाउँपालिकाले किसानलाई यन्त्र निशुल्क वितरण गरेको थियो । राष्ट्रिय आविष्कार केन्द्रबाट ३८ ओटा बाँदर धपाउने बन्दुक आकारको यन्त्र खरिद गरी १२ वटै वडामा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । हरेक वडामा ३ देखि ५ वटाका दरले पशु सेवा शाखामार्फत वितरण गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

बन्दुक आकारको मेसिनको टुप्पा तिर हावा नछिर्ने गरी पत्रिकाले अथवा कागजले बन्द गरी २.५-२.५ ग्रामको कार्वाइडको टुक्रा हाली १५ एम.एल. पानी हाली कम्तिमा ४० सेकेन्ड सम्म हल्लाई ग्याँस लाइटर बाल्दा ठुलो विष्फोटको आवाज आउँदछ । ठूलो आवाजबाट नजिक रहेका बाँदर तर्सेर भाग्दछन् र पुन त्यही ठाउँमा नआएको कृषकको भनाई छ ।

यस मेसिनको प्रयोगले बाँदरले दुख दिन कमी भई आफुले रोपेको अन्न बाली राम्रोसँग भित्राउन पाउने आशामा किसानहरु खुशी देखिएका छन् । यसबाट कृषकहरुको खेती किसानीमा उत्साहित भएको र आगामी दिनमा कृषि उत्पादनमा समेत बृद्धि हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!