Techie IT
Thursday, January 21,2021 / बिहीबार, माघ ८, २०७७
×
गृहपृष्ठसमाचारआफ्नै छोरी बलात्कार आरोपमा बुबा पक्राउ

आफ्नै छोरी बलात्कार आरोपमा बुबा पक्राउ


मेलम्ची । छोरी बलात्कारको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ४१ बर्षिय बुबाले आफ्नै छोरी पटक पटक बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । आफूलाई पटक पटक बलात्कार गरेको भन्दै छोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा प्रहरीको टोलीले शनिबार साँझ उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले सिन्धुखबरलाई जानकारी दिए । उनलाई मेलम्ची इलाका प्रहरी कार्यलयका प्रमुख इन्पससेक्टर फल बहादुर तामाङको कमाण्डले नियन्त्रणमा लिएको हो ।

घटना अनुसन्धानको लागि आज सिन्धुपाल्चोक जिल्ला अदालतमार्फत करणी सम्बन्धी अनुसन्धान मेलम्ची प्रहरी कार्यालयबाट भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस