गृहपृष्ठ ∕ समाचार ∕ बाढीपहिरोबाट पूर्ण क्षति भएका निजि आवास निर्माणका लागि भूकम्पपीडितले पाउने जति नै रकम पाउने बाढीपहिरोबाट पूर्ण क्षति भएका निजि आवास निर्माणका लागि भूकम्पपीडितले पाउने जति नै रकम पाउने सिन्धु खबर भदौ १९, २०७७ गते २०:१५ मा प्रकाशित चौतारा । मनसुनका कारण २०७७ मा पूर्णरुपमा क्षति भएका व्यक्तिगत आवासहरुको पूर्ननिर्माणको कार्य भुकम्पमा क्षति भएका निजि आवासहरुको निर्माण प्रक्रिया बमोजिम नै हुने भएको छ । बिहीबार गृह मन्त्रालय विपद, पूर्वतयारी तथा प्रतिकार्य शाखाको बैठकले २०७२ सालका भूकम्प पीडितले पाएसरहको सुविधा प्रदान गरी सोही विधि र प्रक्रिया बमोजिम शहरी विकास मन्त्रालयले गर्ने निर्णय भएको छ । अब बाढीपहिरो पीडितबाट घर पूर्ण रुपमा क्षति भएका परिवारले प्रति घर निर्माणका लागि तीन लाख पाउनेछन् । यसैगरी बाढी पहिरोमा परी जिल्लामा हालसम्म वेपत्ता भएका व्यक्तिहरुका परिवारलाई राज्यबाट मृतक परिवारलाई दिए अनुसारको राहत उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयले वेपत्ताहरुको शव भेटिएमा दोहोरो नपर्ने गरी वेपत्ता परिवारलाई सो राहत उपलब्ध गराउने निर्णय गरेको हो । मृतकका लागि सरकारले प्रतिव्यक्ति २ लाख र परिवारका एक भन्दा बढी व्यक्ति मृत्यु भएका प्रतिव्यक्ति १ लाख बढी दिनेछ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा मेलम्ची अस्पतालकाे एम्बुलेन्स घुमफिर र रमाईलाेका लागि प्रयाेग उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै