Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाचारकाठमाडौं विश्वविद्यालयले मेलम्ची नगरपालिकालाई सहयोग गर्ने

काठमाडौं विश्वविद्यालयले मेलम्ची नगरपालिकालाई सहयोग गर्ने


मेलम्ची । काठमाडौं विश्वविद्यालय धुलिखेल र मेलम्ची नगरपालिकाबीच आपसी सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा डा. रामकण्ठ मकाजु श्रेष्ठ र नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार विश्वविद्यालयले नगरपालिकाको समग्र र दिगो विकासका लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिकासँगको साझेदारीमा शैक्षिक गुणस्तर सुधारका लागि अनुसन्धान गर्ने तथा नगरको समग्र विकासका लागि आवश्यक अल्पकालीन एवं दीर्घकालीन परामर्श सेवा उपलब्ध गराउने नगर प्रमुख अर्यालले जानकारी दिए ।

समझदारीले नगरपालिकामा शिक्षक तालीममार्फत सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधार हुने, विशेषज्ञसहितको स्वास्थ्य सेवा विस्तार हुने, जलाधार संरक्षणमा मद्दत पुग्ने, विपत् व्यवस्थापनमा सहयोग पुग्ने, स्वरोजगारमूलक सीपयुक्त जनशक्ति उत्पादन हुने तथा वातावरणमैत्री दिगो पूर्वाधार विकासमा सहयोग पुग्ने नगर प्रमुख अर्यालले बताए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!