Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठसमाचारकाेराेनाबाट सिन्धुपाल्चोकमा थप एककाे मृत्युु

काेराेनाबाट सिन्धुपाल्चोकमा थप एककाे मृत्युु


चाैतारा । कोरोना सक्रमणको कारण सिन्धुपाल्चोकमा फेरी एक जनाको ज्यान गएको छ । इन्द्राजती गाउँपालिका ६ की ७७ वर्षीया वृद्ध महिलाको काठमाण्डौको विरेन्द्र सैनीक अस्पताल, छाउनीमा मृत्यु भएको हो ।

उनीसहित अब सिन्धुपाल्चोकमा कोरोनाको कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । दमको रोग भएकी उनलाई भदौ ५ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो । उनको भदौ १२ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

उपचारकै क्रममा भदौ १६ गते मंगलबार उनको निधन भएकोमा बिहीबार स्वाथ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा उनको कोरोनाको कारण मृत्यु भएको पुष्टि गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस