मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा एक हप्ता निषेधाज्ञा थप, जनजीवन प्रभावित

सिन्धुपाल्चोकमा एक हप्ता निषेधाज्ञा थप, जनजीवन प्रभावित


चौतारा । सिन्धुपाल्चोक जिल्लामा निषेधाज्ञा थप एक हप्ता थपिएको छ । आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप एकहप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्लामा जारी निषेधाज्ञालाई २४ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने केन्द्रको बैठकले निर्णय गरेको छ ।

कोरोना संक्रमण जिल्लामा पनि व्यापक रहेको र छिमेकी जिल्लामा समेत संक्रमण तीव्र रुपमा बढेकाले निषेधाज्ञा जारी राखिएको हो । यसअघि भदौ १ देखि लागू भएको लकडाउन पटक पटक गरि तीन पटक थपिएको छ ।

लामो समयको लकडाउनले जिल्लाको जनजीवन भने प्रभावित भएको छ । यस विषयमा मंगलबार साझँ सरोकारवालासँग जुम मिटिङमार्फत बृहत छलफल भएको थियो ।

निषेधाज्ञामा जिल्ला प्रवेशमा भने पूर्ण रोक लगाइने भएको छ । अतिआवश्यक कामका लागि जिल्ला प्रवेश गराउनुपरेमा पालिका, वडाको लिखितपत्र लिई सम्बन्धित वडाध्यक्षको जिम्मा क्वारेन्टिनमा राख्ने गरी प्रहरीले बुझाउनेछ । जिल्लामा कोरोनाका कारण १ सय २ जना संक्रमित भएका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!