Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारसभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालवालिकालाई संरक्षण र शिक्षा

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालवालिकालाई संरक्षण र शिक्षा


सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम, काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली हिजो मंगलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडा अध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एसओएसले हिजै देखि बालवालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको छ ।

लिदीका अभिभावक गुमाएका १२ बर्ष मुनीका पाँच जना बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन सुरु गर्ने निर्देशक अमगाईले जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिने लगायतका विषयमा हिजो नै छलफल भएको छ । बाँकि १२ बर्ष माथिका ७ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने अमगाईले जानकारी दिए । उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेग हुने उनको भनाई छ ।

यहि भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताएका थिए । त्यस लगत्तै काठमाडौं फर्केर सभामुख सापकोटाले एसओएस बालग्रामका अधिकारीहरुसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका प्रवन्ध मिलाइदिन आग्रह गरेका थिए ।

गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ, भने २ जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ ।

यसअघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले पनि अभिभावक गुमाएका सात बालिकाको १२ कक्षासम्मको पठनपाठनको जिम्मा लिएका थिए । त्यसैगरी गाउँपालिकाले पनि १२ कक्षा सम्म बालबालिकाको निशुल्क शिक्षाको व्यवस्था गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस