गृहपृष्ठ ∕ समाचार ∕ बाढी पहिरोबाट विस्थापितहरुका लागि नमुना एकिकृत बस्ती निर्माण गर्ने सहमती बाढी पहिरोबाट विस्थापितहरुका लागि नमुना एकिकृत बस्ती निर्माण गर्ने सहमती सिन्धु खबर भदौ १७, २०७७ गते ८:३६ मा प्रकाशित चौतारा । लिदी लगायतका जोखिमयुक्त बस्ती स्थानान्तरणका सम्बन्धमा हिजो साँझ जिल्लामा वृहद अन्तरक्रिया भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा बसेको विपद व्यबस्थापन समितिको भर्चुअल बैठकमा हाल सम्म प्राप्त जोखिमयुक्त बस्ती सम्बन्धि विवरण तत्काल संघीय सरकारलाई पठाउने, ति बस्तीहरुको भौगर्भिक अध्ययन गर्ने र त्यसपछि स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वयमा विस्थापितहरुका लागि नमुना एकिकृत बस्ती निर्माण गर्ने सहमती बनेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जिल्लामा विस्थापितहरुका लागि स्थायी बसोबासका लागि कानून बाधक भए सदन नचलेको अबस्थामा अध्यादेशमार्फत कानून ल्याएर भएर पनि सहजीकण गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको बताउनुभयो । सापकोटाले विपत्तिलाई अवसरका रुपमा बदल्नेगरी काम गर्न सबैलाई आग्रह गरे । जिल्लामा प्राकृतिक विपत्ति र कोरोना गरी दोहोर विपत्ति आइलागेकोमा चिन्ता व्यक्त गर्दै क्षेत्र नं १ का संघीय सांसद समेत रहनुभएका सभामुख सापकोटाले बाढी पहिरोबाट विस्थापितहरुका लागि नमुना काम गर्न सबै जुट्नुको विकल्प नभएको बताए । संघीय सांसद शेर बहादुर तामाङ, राष्ट्रिय सभाका सदस्य सिंहबहादुर बिक, प्रदेश साँसद सरेश नेपाल, रमेश पौडेल, निमा लामा, सिन्धुपाल्चोकका स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला जनश्वास्थ्य प्रमुख, पत्रकार महासंघ, गैरसरकारी सँस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको जुम बैठकमा जिल्लामा निषेधाज्ञाको स्वरुपबारे पनि छलफल भएको थियो । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे