सोमबार, फागुन १४, २०८०
गृहपृष्ठसमाचारजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी काफ्लेको सरुवा

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी काफ्लेको सरुवा


चौतारा । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेको सरुवा भएको छ । उनको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरुवा भएको हो ।

सोमबार प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा उनी जुम्लाको कार्यालय प्रमुख भएर जाँदैछन् । काफ्लेले सिन्धुपाल्चोकमा रहेर आफ्नो कार्यक्षमता राम्ररी प्रस्तुत गरेका छन् । सरल स्वभावका काफ्लेले सूचना अधिकारीको रुपमा पनि प्रभावकारी भूमिका निभाएका थिए ।

डीएसपी काफ्लेको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद काठमाडौंमा कार्यरत प्रकास सापकोटा सिन्धुपाल्चोक आउँदै छन् । जिल्लाका एसपी प्रज्वल महर्जनको यसअघि नै सरुवा भइसकेको छ । उनको ठाउँमा एसपी राजन अधिकारी सिन्धुपाल्चोक आउँदै छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!