Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाचारलिदी पहिरो पीडितलाई खाद्यान्न देखि नगदसम्म राहत

लिदी पहिरो पीडितलाई खाद्यान्न देखि नगदसम्म राहत


चौतारा । लिदी पहिरोबाट विस्थापित भएर बाँसखर्कमा बसेका पीडितहरुलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गरेका छन् । उनीहरुलाई खाद्यान्न लगायत आवश्यक सामग्री सहयोग गरिएको हो ।

नेपाल बौद्ध महायान केन्द्र कपनको तर्फबाट नेपाल बौद्ध दर्शन प्रबद्धन तथा गुम्बा विकास समिति अध्यक्ष लामा खेम्पो भिक्षु थुप्तेन जिग्डोलको प्रतिनिधि मार्फत पहिरो पीडित २८ घर धुरीलाई २८ बोरा चामल, २८ वटा कुकुर, २८ वटा कराई, २८ वटा पनेउ, डाडु, जरकिन, बाटा, बाल्टिन प्लाष्टिक र सिल्भर, कम्बल र आटा सहयोग गरिएको हो ।

त्यसैगरी क्यानडाका नवौं औतारी नेतेन रिम्पोरचेको तर्फबाट डा. लाहराम ईन्द्र काजी लामा प्रतिनिधि मार्फत २८ वटा कोरियन ब्ल्याङ्केट र पहिरो पीडित १५६ घरपरिवारलाई नगद ५ सयका दरले ७८ हजार वितरण गरेको छ ।

त्यस्तै नेपाल शेर्पा संघ सिन्धुपाल्चोकका अध्यक्ष लन्जम शेर्पा र उनको पहलमा पीडित २८ घरधुरीलाई प्रतिपरिवार ६ हजारका दरले १ लाख ६८ हजार नगद वितरण गरिएको छ । त्यसैगरी टिबेटन लामा सोनाम वाङच्युकको तर्फबाट १५६ घर धुरीलाई प्रति परिवार साढे १२ किलो चामल, डेढ केजी दाल, १ प्याकेट तेल र नुन वितरण गरिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस