Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा वेपत्तामध्ये थप तीनको शव भेटियो

लिदी पहिरोमा वेपत्तामध्ये थप तीनको शव भेटियो


चौतारा । साउन ३० गते विहान जुगल–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ । यसअघि ३३ जनाको शव भेटिएको थियो । ३९ जना पुर्ने गरि बस्तीमाथिबाट आएको पहिरोमा अझै तीन बेपत्ता छन् ।
दुई पुरुष र एक महिलाको आज शव फेला परेको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । प्रकाश दोङ, साइली दोङ र आयुष दोङ रहेका छन् ।
यससँगै पहिरामा ज्यान गुमाउने ३६ जना पुगेका छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!