गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा निषेधाज्ञा थप तीन दिन थपियो सिन्धुपाल्चोकमा निषेधाज्ञा थप तीन दिन थपियो सिन्धु खबर भदौ १४, २०७७ गते १६:३९ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा लगाइएको निषेधाज्ञा भदौ १७ गतेसम्मको लागि लम्ब्याइएको छ । आज बसेको ‘जिल्ला कोभिड १९ क्राइसिस म्यानेज्मेन्ट सेन्टर’को बैठकले यही भदौ १४ राति १२ बजेसम्मका लागि लगाइएको निषेधाज्ञा तीन दिन थप गरि भदौ १७ गते राति १२ बजे सम्मका लागि लम्ब्याएको हो । भदौ १ गतेबाट जिल्लामा निषेधाज्ञा लागू भएको हो । अहिले भैरहेको निषेधाज्ञालाई थप कडाइ गर्ने वा अन्य विकल्प खोज्नेबारे छिट्टै स्थानीय तहका प्रतिनिधिहरुसँग अनलाइन छलफल गरेर टुङ्ग्याउने बैठकले निर्णय गरेको छ । साथै कोरोना संक्रमण तीव्र रुपमा फैलिएकाले जिल्लामा रहेका विभिन्न सरकारी कार्यलयका प्रमुखहरुलाई काठमाडौं आउजाउमा समेत रोक लगाइएको छ । जिल्लामा भीडभाड हुने स्थानहरुमा कोरोना संक्रमणको दर पनि बढी हुनाले ती ठाउँहरुका स्थानीयहरुको नमूना संकलन गरि परीक्षण गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा सार्वजनिक बिदा चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?