Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाचारधुसेनीका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारियो, घर बनाउन सुनकोसीले ५ लाख दिने

धुसेनीका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारियो, घर बनाउन सुनकोसीले ५ लाख दिने


सुनकोसी । सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरोले घर पुरिएर विस्थापित भएका परिवारलार्य सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । आज बिहान गएको पहिरोमा घर पुरिएका ४ परिवारका १६ जनालाई वडा गाउँपालिका, सेना र प्रहरीको सहयोगमा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो ।

यसैगरी पहिरोमा घर पुरिएका प्रति परिवारलाई सुनकोसी गाउँपालिकाले ५ लाख घर बनाउन दिने भएको छ । आज पीडित परिवारसमक्ष पुगेर गाउँपालिका अध्यक्ष श्रवण जिसीले घर बनाउन प्रतिपरिवार ५ लाख दिने घोषणा गरेका हुन् ।

अहिले तत्काल सुरक्षित स्थानान्तरणका लागि ३० बञ्डल जस्ता र ६ वटा टेण्ट गाउँपालिकाले दिएको छ । सेना र प्रहरीले पहिरोमा घर पुरिएका परिवारका लागि अस्थायी आवास निर्माण गरिसकेका छन् ।

पहिरोमा परि खिल बहादुर भण्डारी, सिताराम भण्डारी, इबहादुर भण्डारीको घर पुरिएको थियो । त्यसैगरि पहिरोको जोखिममा रहेका नौ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस