Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाचारसुनकोसी ६ धुसेनीमा पहिरो, चार घर पुर्‍यो

सुनकोसी ६ धुसेनीमा पहिरो, चार घर पुर्‍यो


खाडिचौर । सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरोले चार घर पुरेको छ । आज बिहान ३ बजे गएको पहिरोले चार घर पुरेको स्थानीय खेल बहादुर भण्डारीले बताएका छन् । पहिरोबाट स्थानीय खिल बहादुर भण्डारीको दुई घर, सिताराम भण्डारी, इबहादुर भण्डारीको एक एक घर पुरिएको छ । तारा बहादुर भण्डारीको घर पहिरोले नपुरिएपनि जोखिममा रहेको छ ।

सुन्दरडाँडाबाट आएको पहिरोले धुसेनीका यी घर पुरिएका हुन् । स्थानीयहरु पहिरोको जोखिमका कारण घर छाडेर अन्यत्रै बस्ने भएकाले मानवीय क्षति नभएको बताइएको छ । धुसेनीका अन्य ३२ घर पहिरोको उच्च जोखिममा छन् । सुन्दरडाँडाका २३ घर र पाखरदोभानका ४ घर पनि उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

त्यस्तै ४० रोपनी क्षेत्रमा लगाएको धानबाली पनि उच्च जोखिममा रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा परी यस बर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस