Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठसमाचारलिदीका विस्थापितका लागि नमूना मोडल बस्ती बनाइने तयारी

लिदीका विस्थापितका लागि नमूना मोडल बस्ती बनाइने तयारी


सेलाङ । लिदी पहिरोबाट विस्थापित भएकाहरुका लागि सेलाङको बाँसखर्कमा नमूना मोडल बस्ती निर्माणको तयारी थालिएको छ । जुगल गाउँपालिका २ लिदीका एक सय ७२ परिवारका लागि सुरक्षित स्थानमा नमूना बस्ती बनाउनका लागि छलफल थालिएको हो ।
आज विस्थापितका अवस्थाबारे बुझ्न बाँसखर्क पुगेका सभामुख अग्नीप्रसाद सापकोटाले जोखिममा रहेकाहरुलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताउँदै लिदीवासीका लागि नमूना मोडल बस्ती बनाइने बताएका हुन् ।
सभामुख सापकोटा र भूगर्भविदसहितको टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गरि सुरक्षित ठहरिएमा स्थानान्तरणको पहल गर्ने जनाएको हो ।
टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत थिए ।
सिन्धुपाल्चोकको बाँसखर्क पुगेर जोखिमयुक्त भूगोलको अध्ययन गर्ने बाढीपहिरो पीडितलाई राहत वितरण समेत गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
सिन्धुपाल्चोकका बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भइसकेको छ । तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ ।
सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस