गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा एकैदिन ५ जनालाई कोरोना संक्रमण सिन्धुपाल्चोकमा एकैदिन ५ जनालाई कोरोना संक्रमण Sindhu Khabar भदौ ८, २०७७ गते १७:५० मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा एकै दिन पाँच जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । चौताराको एक गैरसरकारी संस्थामा कार्यरत कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङमा आएकाहरुमध्ये आज तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै थप दुई जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । चौतारा साँगाचोक गढी नगरपालिकाका १ पुरुष र भोटेकोशि गाँउपालिकाकि १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । काठमाण्डौंमा उपचारार्थ उनीहरुको रिपोर्ट आज दिउँसो आएको हो । गैरसरकारी संस्थामा कार्यरत चार जना कृषि प्राविधिकहरु १४ दिने तालिममा सहभागी हुन चितवन गएका थिए । उनीहरु सबैमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय भवन नै शिल गरिएको थियो । आज विहान पोजेटिभ रिपोर्ट आएकाहरु सोही संस्थाका कर्मचारी हुन् । क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा काेराेना बिरूद्धकाे २१ हजार खाेप आउँदै मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा