गृहपृष्ठ ∕ समाचार ∕ यस्तो पहिरोको जोखिममा छ हेलम्बुको बोल्दे (फोटोकथा) यस्तो पहिरोको जोखिममा छ हेलम्बुको बोल्दे (फोटोकथा) Sindhu Khabar भदौ ७, २०७७ गते १७:५० मा प्रकाशित हेलम्बु । ४० भन्दा बढी घर रहेको एउटा बस्ती । बस्तीभन्दा तलबाट जमिन धाँजा फाटेको छ । बस्ती मुनी मेलम्ची खानेपानीको सुरुङ खनिएको छ । जमिन चिरा परेको प्रकृति हेर्दा कुनै भाग खस्ने खस्ने सम्भावना रहेको अनुमान लगाउन सकिन्छ । बस्ती मुनीबाट पहिरो खस्न लागेपछि हेलम्बु गाउँपालिका ५ स्थित बोल्दे गाउँ जोखिममा परेको छ । स्थानीयवासी भन्छन्, ‘मेलम्ची खानेपानीले सुरुङ खनेको कारण यो अवस्था आएको हो ।’ सुरुङमा विस्फोट गरिएका कारण जमिन कमजोर भएपछि धाँजा फाटेको स्थानीयको दावी छ । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार त्यहाँको भूगोल कच्ची छ । चट्टान नभएको र नरम माटो भएकाले पहिरो जान सक्ने सम्भावना छ । अहिले गाउँपालिकाले अति जोखिम भएका केही घरका स्थानीयलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिसकेको छ । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार उनीहरुलाई आवश्यक परेका सामग्री गाउँपालिकाले व्यवस्था गरेको छ । खानेपानीक लागि पाइपलगायत सामग्रीको काम हुँदैछ । पीडितहरुले आफ्नै घरबाट पनि सामग्री लगेका छन् । यो बस्ती जोखिम स्थानमा रहेकाले सिंगो गाउँ नै स्थानान्तरण गर्नुपर्ने अध्यक्ष शेर्पा बताउँछन् । ‘बस्ती स्थानान्तरणमा सहयोग गर्न मेलम्ची खानेपानीलाई अनुरोध गरिएको छ ।’ शेर्पाले भने । तस्वीर सौजन्य ः निमाग्याल्जेन शेर्पा क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे