Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाचारखानेपानी र शाैचालयको अभाव झेल्दै बोल्देका विस्थापित

खानेपानी र शाैचालयको अभाव झेल्दै बोल्देका विस्थापित


बोल्दे । आफूहरु बसेको गाउंमुनी खोला छिरेर पहिरो जाने सम्भावना भएपछि विस्थापित भएका जुगल गाउंपालिकाको बोल्देबासीलाई खानेपानी र सौचालयको अभाव भएको छ । बोल्देको कुण्डिम्राङ र घट्टेखेलावासी सुरक्षित स्थान खोज्दै ६१ परिवार कोम्भोच्यतडांडामा सरेपछि यो समस्या आएको हो । उनीहरुले नयां स्थानमा बसोबास गर्दा उनीहरु खानेपानी, सौचालयलगायतका समस्यामा परेको बताएका छन् ।

आफ्नो बस्ती जोखिम बढेपछि स्थानीयवासी सुरक्षित स्थान खोज्दै कोम्भोच्यतडांडामा सरेका थिए । पहिला बस्दै आएको स्थानमा माथिबाट पहिरो जाने र तलबाट पनि भास्सिदै गएको थियो । वर्षा रहेसम्म गाउँमा बस्न जोखिम भएकाले तत्कालका लागि अस्थायी डाँडामा गएर बसेपनि त्रिपालसहित खानेपानी र शौचालयको व्यवस्थापन हुन नसकेको स्थानीय जितेन पाख्रिनले जानकारी दिए ।
‘विस्थापित हुन बाध्य धेरै छन्,’ उनले सिन्धुखबरसँग भने, ‘व्यवस्थापन गर्न नै गाह्रो भएको छ ।’ उनले अन्य व्यवस्था गरे पनि खानेपानी र शौचालय प्रमुख समस्या भएको बताए । जु्गल गाउँपालिकाले दिएको त्रिपाल लिएर स्थानीयवासी माथि डाँडामा गएका हुन् ।


बस्ती जोखिम भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्राविधिक, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि सो स्थान जोखिम भएको निष्कर्ष निकालेपछि स्थानीयलाई सुरक्षित स्थानमा बसोबास गर्न प्राधिकरणले सुझाएको हो ।

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले विस्थापितहरुका लागि व्यवस्थापन हुँदै गरेको बताइन् । ‘हामी आवश्यक परेका सामग्रीहरु उपलब्ध गराउँछौं,’ उनले भनिन्, ‘शौचालय र खानेपानीको लागि पहल भइरहेको छ । गाउँपालिकाले पनि काम गरिरहेको छ ।’

बोल्देका विस्थपितका लागि ९७ सेटसेल्टर किड्स्, ९७ सेट हाइजिन किट, डिक्निटी सेट, त्रिपाल लगायत सामग्री वितरण गरिएको छ । टुकी संघ सुनकोशी र केयर नेपालको सहयोगमा सामग्री प्रदान गरिएको हो । सिधा पारी लिदिमा ३९ जनाको ज्यान जाने गरि गएको पहिरो र त्यस्तै संकेतका कारण बोल्देबासी राती निदाउन सकिरहेका छैनन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस