Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाचारकाँग्रेस नेता श्रेष्ठको पहलमा लिदी पीडितलाई `आक्वा बक्स`

काँग्रेस नेता श्रेष्ठको पहलमा लिदी पीडितलाई `आक्वा बक्स`



चौतारा । लिदीका पहिरो पीडितलाई काँग्रेस नेता सागर श्रेष्ठको पहलमा अत्यावश्यक राहत सामगी वितरण गरिएको छ । काठमाडौको रोटरी क्लब अफ भादगाउँको सहयोगमा र नेता श्रेष्ठको विषेश पहलमा लिदीका ३८ परिवारलाई आज आक्वा बक्स वितरण गरिएको नेता श्रेष्ठले जानकारी दिए ।

आक्वा बक्समा मानिसलाई विपदका बेला घरमा अत्यावश्यक हुने प्लेट, चम्चा देखि तौलिया, कैची, त्रिपाल, बिस्कुट, हम्मर, बाटा, साबुन, प्याड, माक्स, चिउरा, चाउचाउ, कुकिजलगायत सम्पुर्ण सामाग्रीहरु हुन्छन् । एउटा अक्वा बक्समा ५ सय डलरका सामान (करिब ५० हजार) रहेको श्रेष्ठले बताए । ती सामाग्रीले विपदमा परेका पीडितहरुलाई धेरै राहत मिल्ने उनले जानकारी दिए ।

काठमाडौंबाट बोकेर तीन दिनमा ती सामग्री लिदी पुर्याइएको थियो । अप्ठ्यारो बाटो, लगातार आइरहेको पानी र ठाउँ ठाउँमा गएको पहिरोहरुलाई छिचोल्दै तीन दिनमा वडाध्यक्ष सनत अधिकारीको नेतृत्वमा ती सामान लिदी पुगेको हो । आफ्ना गाउँपालिकाका जनता दुखद अवस्थामा भएकाले उनीहरुको सहयोगका लागि रोटरी क्लबले उपलब्ध गराएको सामाग्री स्थानीय युवाहरुले बोकेरै लिदी पुर्याएका जुगल ५ का वडाध्यक्ष अधिकारीले बताए ।

ती ३८ आक्वा बक्स ढुवानीका लागि काँग्रेस जुगल गाउँपालिकाले ३२ हजार ढुवानी खर्च गरेको छ । यसैबीच पहिरो पीडित ३९ जनालाई नेता श्रेष्ठको एकल पहलमा कपडा वितरण गरिएको छ ।

`धेरै खाद्य सामग्री र नगद त पीडितहरुले पाएछन् तर लुगा भने पहिरो जाँदा जुन लगाएको थियो त्यही लगाएर बसेका रहेछन् कतिका लगाएका लुगा च्यातिएका समेत थिए उनले भने, उहाँहरुलाई आवश्यक कपडा दिन पाउँदा खुशी लागेको छ ।`

एक हप्ता बितिसक्दापनि लिदीमा पुरिएकाको सबैको शव निकाल्न नसक्दा गन्हाउने भइसकेको छ । ती शवहरुबाट विभिन्न रोगको जोखिम रहेको पनि श्रेष्ठले बताए । `सबैको ध्यान राहतमा मात्रै केन्द्रित भएको पाइयो श्रेष्ठले भने, बस्ती स्थानान्तरण र पुरिएकाको उद्धारमा सरोकारवालाहरुको ध्यान गएको पाइएन् ।`

आवश्यक स्रोत र साधन नहुँदा कुटो र कोदालाकै भरमा वेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलयका डीएसपी माधव काफ्लेले बताए । पुरिएकाको खोजीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेना अहोरात्र खटिएको छ तर उत्खननका लागि आधुनिक स्रोत साधन नहुँदा समस्या भएको काफ्लेको भनाइ छ ।

पुरिएकाको खोजीका लागि  जेसीबी लाने गाउँपालिकाले बताएपनि सडक लिदीसम्म नपुगेको र बीचबीचमा सडक पनि धेरै बिग्रिएकाले पहिरो गएको हप्ता दिन पुग्न लाग्दासम्म जेसीबी पुगेको छैन् । यसअघि श्रेष्ठले मेलम्चीमा आफ्नो घरको भाडामा बस्ने ६ वटा सर्टरको  तीन महिनाको घरभाडा मिनाहा गरेका थिए । उनले विभिन्न समयमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!