पत्रकार महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद भदौ मसान्तसम्म

चौतारा । नेपाल पत्रकार महासंघले केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरेको छ । महासंघले हिजो जुम वेविनार माध्यमबाट राष्ट्रिय भेला गर्दै केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला तथा प्रतिष्ठान एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।
यस्तै महासंघले सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भाद्र मसान्तसम्म थप गरेको सचिव रामप्रसाद दाहालले जानकारी दिए । महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदैछ ।
महासंघले आउँदो फागुन ३ गते केन्द्र प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णय पनि गरेको छ । महासंघले कोरोना महाव्याधीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले आर्थिक अभाव झेल्नुपरेको भन्दै २०७७ सालको सदस्यता शुल्क छुट दिने निर्णय गरेको महासचिव रमेश विष्टद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस