Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा पुरिएका २९ को शव फेला, १० अझै वेपत्ता

लिदी पहिरोमा पुरिएका २९ को शव फेला, १० अझै वेपत्ता


चौतारा । गत शुक्रबार बिहान जुगल–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप चारको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा १० जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

एक पुरुष, एक बालक र दुई महिलाको आज शव फेला परेको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । ४४ वर्षीय हिरा दोङ झाक्री, पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो ।

यससँगै पहिरामा ज्यान गुमाउने २९ जना पुगेका छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिका छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस