आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारबस्ती स्थानान्तरण तथा बस्ती विकासका बारेमा चौतारामा आज बृहत छलफल हुने

बस्ती स्थानान्तरण तथा बस्ती विकासका बारेमा चौतारामा आज बृहत छलफल हुने


चौतारा । जिल्लामा भूकम्प, बाढीपहिरोका कारण जोखिममा रहेको बस्तीको स्थानान्तरण तथा बस्ती विकासका बारेमा सरोकारवाला निकायसँग बृहत छलफल हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरिएको बृहत छलफलमा संघीय सांसदका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, राजनितिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका प्रतिनिधि, उद्योग वाणिज्य संघ, गैसस महासंघ र रेडक्रस प्रमुखको सहभागिता रहने बताइएको छ ।

जिल्लाका विभिन्न स्थानमा भएको धनजनको क्षति न्युनिकरणका विषयमा पनि छलफल हुने बताइएको छ । छलफलमा सभामुख अग्नि सापकोटा भने उपस्थित नहुने उनका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।काठमाडौंमा आजबाट निषेधाज्ञा जारी भएको र त्यो सबैका लागि समान भएकाले त्यसलाई तोडेर जान नसकिएको उनले बताए ।

बैठकमा पूनर्निर्माण प्राधिकरणका सिइयो शुसील ज्ञवाली भने उपस्थित हुने कार्यक्रम छ । भूकम्पका समयमा बस्न अयोग्य भनिएका ठाउँहरुमा धमाधम पहिरो जाँदा सिन्धुपाल्चोकले धेरै धनजनको क्षति वेहोरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!