सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस सभापति देउवाको प्रधानमन्त्रीलाई प्रश्न- लिदीवासीले गुहार गर्दा किन सुरक्षित स्थानमा नसारेको ?

काँग्रेस सभापति देउवाको प्रधानमन्त्रीलाई प्रश्न- लिदीवासीले गुहार गर्दा किन सुरक्षित स्थानमा नसारेको ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग काँग्रेस सभापति देउवाले सिन्धुपाल्चोक जुगल २ लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा पनि किन सुरक्षित स्थानमा नसारिएको भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओली र देउवाबीच आज बालुवाटारमा भएको भेटमा देउवाले जनताले हारगुहार गर्दा पनि सरकारले सुरक्षित स्थानमा सार्न नसक्नु दुखद भएको बताएका छन् । उनले यति गम्भीर विषयमा सरकारले जवाफदेहिता लिनुपर्ने बताएका छन् ।

देउवाको भनाई उद्धृत गर्दै काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँबासीले दस दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ ।यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’

देउवाले मुलुकका विभिन्न भागमा पनि बाढी पहिरोले क्षति पुर्याए पनि सरकारको भूमिका सन्तोषजनक नरहेको उल्लेख गर्दै व्यवस्थित र प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!