गृहपृष्ठ ∕ समाचार ∕ लिदी पीडितलाई धमाधम राहत लिदी पीडितलाई धमाधम राहत सिन्धु खबर भदौ १, २०७७ गते १९:०१ मा प्रकाशित चौतारा । लिदी पहिरोका पीडित परिवारलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले आर्थिक राहत र किरिया खर्च उपलब्ध गराएका छन् । त्यस्तै स्थानीय तहलेसमेत पीडित परिवारलाई धमाधम आर्थिक सहायता दिने घोषणा गरिरहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो प्रभावित ३७ परिवारलाई तत्कालीन खर्चका लागि २५ हजार रुपैयाँका दरले आर्थिक राहत बितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । त्यस्तै प्रतिमृतक परिवारलाई दुई लाख रुपैयाँका दरले क्षतिपुर्ति उपलब्ध गराउने प्रक्रिया थालेको उनले जानकारी दिए । त्यस्तै जुगल गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले प्रतिमृतक २५ हजार रुपैयाँको दरले आश्रित परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?