Techie IT
Thursday, February 25,2021 / बिहीबार, फागुन १३, २०७७
×
गृहपृष्ठसमाचारगैरसरकारी संस्थाको लापरवाहीले कोरोना समुदायस्तरमै फैलिएको आशंका

गैरसरकारी संस्थाको लापरवाहीले कोरोना समुदायस्तरमै फैलिएको आशंका


चौतारा । चितवन तालिममा सहभागी भइ सिन्धुपाल्चोक फर्केका सीडिसीएफका कर्मचारीहरुको लावरवाहीले सिन्धुपाल्चोक देखि तालिममा सहभागी विभिन्न जिल्लाका सहभागीहरुमा संक्रमण त्रास बढेको छ । कोरोना संक्रमणको यो महामारीमा मानिसहरु भेला हुन नपाउने सरकारको निर्णयको खिलाप १४ दिनसम्मकको तालिम ३६ जनासम्मको सहभागीतामा हुनुले संक्रमण त्रास बढेको हो ।

जिल्लाको सीडिसीएफका दुई पुरुष र दुई महिला गरी चार कर्मचारी तालिममा सहभागी हुन् चितवनको होटल स्टार टाँडी पुगेका थिए । उनीहरु १४ दिनको तालिममा सहभागी हुन् त्यहाँ पुगेका थिए । त्यहाँ सिन्धुपाल्चोकसँगैं दोलखा, धादिङ, गोर्खा, सिरहा, सप्तरी, धनुषा र महोतरी गरी ३२ जना र ४ जना ट्रेनर सहभागी भएका थिए ।

सिन्धुपाल्चोकका चार जनामा संक्रमण भएसँगैं सहभागी सम्पुर्ण जिल्लाका व्यक्तिहरुमा संक्रमणको त्रास बढेको हो । त्यस्तै १४ दिनसम्म उनीहरुलाई सेवा दिने होटलका कर्मचारीमा पनि संक्रमणको आशंका गरिएको छ । साथै उनीहरु आउँदा र जाँदा भेटघाट भएको भए भेटघाटमा सहभागीहरुमा पनि संक्रमणको त्रास छ ।

सिन्धुपाल्चोक फर्केसँगैं कोरोना परीक्षणका लागि स्वाब संकलन गरिसकेपछि पनि उनीहरु क्वारेन्टिनमा नबसी डिडडुल गरिरहेको स्थानीयले बताएका छन् । उनीहरु साउन २८ गते चौतारा फर्किएका थिए । साउन ३१ गते स्वाब संकलन पछि साउन ३२ मा इन्द्रावतीका एक संक्रमित नवलपुर पुगेर अरुण बाइक वर्कसपमा मोटरबाइक बनाउनका लागि गएका थिए ।

उनले आफ्नो अफिसको दनुवार थरकी स्टाफलाई रामपुर छाडेर उनी घर फर्केको उनको यात्रा विवरणमा छ । स्वाब संकलन पश्चात उनीहरु क्वारेन्टाइनमा नबसी हिड्नुले कोरोना समुदाय स्तरमा नै फैलिएको आशंका गरिएको छ । उनी अहिले मेलम्ची नगरपालिकाको बाहुनेपाटीस्थित आइसोलेशनमा रहेका छन् ।

उनी सँगै अर्की एक महिला कर्मचारी पनि बाहुनेपाटीमै रहेकी छिन् । बाँकी दुई जना एक महिला र एक पुरुष चौतारा अस्पतालको आइसोलेशनमा रहेका छन् ।

यसैगरी आज बसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेज्मेन्ट सेन्टरको बैठकले उनीहरुको यात्रा विवरण हेरी कन्टयाक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्ने निर्णय गरेको छ । साथै उनीहरुले खाना खाजा खाने चौताराको बाबुकाजी श्रेष्ठको होटल र नारायण श्रेष्ठको होटललाई अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस