सोमबार, फागुन १४, २०८०
गृहपृष्ठसमाचारप्रहरी आज देखि फेस सिल्ड लगाएर ड्युटीमा

प्रहरी आज देखि फेस सिल्ड लगाएर ड्युटीमा


चौतारा । कोरोना संक्रमण बढेसँगैं अग्रंपक्तिमा खटिएका प्रहरीले फेस सिल्ड गरेर ड्युटी सुर गरेको छ । प्रहरीलाई समेत कोराना संक्रमण देखीए पछि प्रहरी थप संक्रमित हुन सक्ने संभावनालाई मध्यनजर गरी वाग्मती प्रदेश पहरी कार्यालय हेटौँडाले प्रहरी कार्यालयका डियुटीमा खटिने प्रहरीलाई फेस सिल्ड उपलब्ध गराए पछि सिन्धुपाल्चोक प्रहरीले पनि फेस सिल्ड गरेर ड्युटी सुरु गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा कडाई गर्न खटीएका प्रत्येक प्रहरी कर्मचारीले फेस सिल्ड लगाएर चेकजाँच गरिरहेको डिएसपी माधव प्रसाद काफ्लले जानकारी दिए ।

आजबाट सदरमुकाममा समेत संक्रमितको संख्या बढ्दै गए पछि जिल्ला प्रसाशन कार्यालयले थप कडाईका साथ औषधी, खाद्यान्न, तरकारी लगायतका अति आवश्यक बस्तुका पसल खोल्न अनुमती दिदै भदौ ७ गते सम्म निषेधाज्ञा थप गरेको छ । साथै काफ्लेले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाई घरमै बसि सुरक्षित रहन हुन सम्पुर्ण नागरिकहरुलाई अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!