गृहपृष्ठ ∕ समाचार ∕ पूर्वमन्त्री बस्नेतको पहलमा आयरल्याण्डबाट लिदी पीडितलाई एक लाख सहयोग पूर्वमन्त्री बस्नेतको पहलमा आयरल्याण्डबाट लिदी पीडितलाई एक लाख सहयोग सिन्धु खबर भदौ १, २०७७ गते १७:३५ मा प्रकाशित सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा २ लिदी पहिरोका पीडितलाई पूर्व संञ्चारमन्त्रीको अनुरोधमा आयरल्याण्ड जनसम्पर्क समितिका अगुवाले सहयोग गरेका छन् । पितृशोकमा बाह्रबिसे नगरस्थित आफ्नै घरमा १३ दिने किरिया संस्कारमा रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आयरल्याण्ड जनसम्पर्कका विभिन्न व्यक्तित्वलाई लिदीको समस्याबारे बताएका थिए । लिदीको पहिरोमा ३९ जनामध्ये २२ को मृत्यु भएको र १७ जना बेपत्ता भएको र विस्थापीतलाई समस्या भएकोबारे सुचना दिएका थिए । आयरल्याण्ड जनसम्पर्क समितिका अगुवा सागर लामा, बिनोद कार्की, नबराज कोइराला, सुनिता कार्कीलगायतका व्यक्तिले मन्त्रीमार्फत सहयोग पठाएका हुन् । जुगल क्षेत्रमा नेपाली कांग्रेसबाट प्रत्यासी उम्मेदवार जयबहादुर लामा र वडाध्यक्ष प्रत्यासी निमाजाङ्बु शेर्पालाई लिदीमा सहयोग दिन हस्तान्तरण गरिएको सामाजिक अभियन्ता रामेश्वर आचार्यले बताए । ‘अन्य सहयोगीहरु आउदैहुनुहुन्छ, विस्तारै अरु कुरा पनि लिदी पुगेर सहयोग गर्नेछौ,’उनले भने । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे