Techie IT
Thursday, January 21,2021 / बिहीबार, माघ ८, २०७७
×
गृहपृष्ठसमाचारलिदी पीडितलाई दुई लाख ७६ हजार सहयोग

लिदी पीडितलाई दुई लाख ७६ हजार सहयोग


सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा २ लिदी पहिरो पीडितलाई तामाङ घेदुङसहित अन्य सामाजिक अगुवाले दुई लाख ७६ हजार सहयोग गरेका छन् । नेपाल तामाङ घेदुङ इजरायलबाट एक लाख २६ हजार, अमेरिकामा अध्ययनरत नेपाली कुसुम स्याङ्बोबाट एक लाख र अन्य तीन व्यक्तिले ५० हजार सहयोग गरेका हुन् ।

पीडितको दुखद अवस्था देखेपछि आफ्नै व्यक्तिगत सहयोगमा ३८ वटा कोरियन ब्याल्केटसहित सो रकम जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङलाई हस्तान्तरण गरिएको नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । ‘अन्य सहयोग पनि जुटाउदैछौ, विस्थापितलाई अरु सहयोगको पनि खाचो छ,’स्याङ्बोले भने ।

सडक पहिरोले क्षतिग्रस्त जोखिमपूर्ण बनाएपछि बाध्यताले सहयोगी हेलिकप्टरबाट राहत पु¥याउन बाध्य बनेका छन् । अन्य सहयोग जुटाउन अहोरात्र खटिरहेका स्याङ्बो लिदीलाई ठुलो संकट परेको बताउछन् । ‘सडक सहज बनाए अझै धेरै सहयोग ल्याएर पीडितको घाउमा मलम लगाउन सकिने थियो,’उनले भने ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस