Techie IT
Tuesday, March 2,2021 / मंगलबार, फागुन १८, २०७७
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा पुरिएका २२ जनाको शव फेला

लिदी पहिरोमा पुरिएका २२ जनाको शव फेला


जुगल ।  जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजोसम्म १९ जना र आज थप तीन जना गरी २२ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

आज २२ वर्षीय छविलाल दोङ्गं, ६ वर्षीय सुमन दोङ्ग र १० वर्षीय सुरज दोङ्गको शव फेला परेको काफ्लेले बताउनुभयो । अझै वेपत्ता १७ जनाको नेपाली सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । शुक्रबार गएको पहिरोमा ३७ घर पूर्णरुपमा क्षति भएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस