Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाचारआजबाट सिन्धुपाल्चोक लकडाउन

आजबाट सिन्धुपाल्चोक लकडाउन


चौतारा । कोभिड १९ (कोरोना) भाइरस संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा आजबाट (भदौ १) गतेबाट सुरु भएको छ । आजबाट एक साताका लागि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गरिने भएको हो । शनिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ । आजबाट कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ ।

सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । लकडाउनको समयमा सबै नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन सिडियो ढकालले सबैलाई अनुरोध गरेका छन् ।

अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए । त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!