गृहपृष्ठ ∕ समाचार ∕ काँग्रेस नेता जिम्मी लामाले गरे लिदी पीडितलाई १ लाख २० हजार आर्थिक सहयोग काँग्रेस नेता जिम्मी लामाले गरे लिदी पीडितलाई १ लाख २० हजार आर्थिक सहयोग सिन्धु खबर भदौ १, २०७७ गते ६:५१ मा प्रकाशित चौतारा । नेपाली काँग्रेसका महासमिति सदस्य तथा समाजसेवी जिम्मी लामाले जुगल २ लिदी पहिरो पीडितका लागि १ लाख २० हजार आर्थिक सहयोग गरेका छन् । आइतबार जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई ५० हजार र तरुण नेता तथा स्थानीय बौद्ध शेर्पा समुहका अध्यक्ष निमा लामालाई ७० हजार रकम हस्तान्तरण गरेका हुन् । अमेरिकाको न्युयोर्क बस्ने अमेरिका तरुण दलका अध्यक्ष छिरि तोप्के लामाबाट प्राप्त ६० हजार र लण्डनमा बस्ने लक्ष्मी राईबाट प्राप्त २५ हजारका साथै विदेशमा रहनुभएका शुभचिन्तकबाट प्राप्त सहयोग आफूले हस्तान्तरण गरेको लामाले बताए । जिल्लामा प्राकृतिक विपतिले ल्याएको डरलाग्दो विषम परिस्थितिले आफूलाई निकै दुखी तुल्याएका कारण केही सहयोगको पहल गरेको लामाले बताएका छन् । लामाले जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएका छन् । लिदीमा गत शुक्रबार गएको पहिरोमा परि १९ जनाको मृत्यु भएको छ भने २० अझै वेपत्ता छन् । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम