Techie IT
Tuesday, March 9,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा परि मृत्यु भएकालाई सरकारले दुइ लाख राहत दिने

लिदी पहिरोमा परि मृत्यु भएकालाई सरकारले दुइ लाख राहत दिने


चौतारा । जुगल गाउँपालिका २ लिदीमा पहिरोमा परेर मृत्यु भएका परिवारलाई नेपाल सरकारले दुई लाख दिने भएको छ । आज बसेको जिल्ला विपद व्यवस्थापन समिति कमाण्ड पोष्टको बैठकले मृत्यु भएका प्रति परिवारलाई दुइलाख र थप मृत्यु भएमा प्रति मृत्यु थप एक लाख राहत वितरण गर्ने भएको हो ।

त्यसैगरी पहिरोबाट घरसमेत क्षतिग्रस्त भएका ३७ परिवारलाई तत्काल राहत स्वरुप १५ हजारका दरले उपलब्ध गराउने भएको छ । यसैगरी लिदीमा अझै वेपत्ता २० जनाको खोजी गर्न तीनवटै सुरक्षा निकाय परिचालित भएकाले स्थानीय तहको समन्वमा हेभी इक्युपमेन्टद्धारा वेपत्ताको खोजी गरिने भएको छ । शुक्रबार गएको पहिरोमा पुरिएका २० को अझै उद्धार हुन सकेको छैन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस