गृहपृष्ठ ∕ राजनीति ∕ हेलम्बुको कतुङ्गटोलका गाउँ नै काँग्रेस प्रवेश हेलम्बुको कतुङ्गटोलका गाउँ नै काँग्रेस प्रवेश सिन्धु खबर साउन ३२, २०७७ गते २१:३२ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिका ७ को पतिङ्ग कतुङ्गटोलका सम्पुर्ण गाउँ नै नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतको टोली बर्षाले गाउँमा के कति क्षति भयो भनेर अवलोकन गर्न जाँदा गाउँलेले हामी सबै तपाइहरुसँगै बस्ने त्यसैले हामी पार्टी परित्याग गरेर काँग्रेस हुने भनेपछि उनीहरुलाई पार्टी प्रवेश गराएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए । मंगले तामाङ, सञ्चमान तामाङ, सुरेश तामाङ, राम सिंह तामाङ, कुल बहादुर तामाङ, पासाङ तामाङ, ज्ञान बहादुर तामाङ, जीत बहादुर तामाङ, सुकुमान तामाङ, रुपलाल तामाङ, ग्याल्वो तामाङ, बुद्धिमान तामाङ, अर्जुन तामाङ, मान सिंह तामाङ, रेन्पाल तामाङलगायतका नेता तथा कार्यकर्ता नेकपा परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई खादा लगाएर पालिका अध्यक्ष शेर्पाले काँग्रेस प्रवेश गराएका हुन् । हेलम्बुका अध्यक्ष शेर्पाले जनताको मन जितेर काम गरेको हुनाले हेलम्बुका अन्य पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसमा आकर्षित भएका छन् । हेलम्बुले गरेका हरेक विकास निर्माणका काम उदाहरणीय छन् । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध सिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?