गृहपृष्ठ ∕ समाचार ∕ बलेफि ६ का तीन जना वेपत्ता बलेफि ६ का तीन जना वेपत्ता सिन्धु खबर साउन ३२, २०७७ गते ९:२१ मा प्रकाशित खाडिचौर । बलेफि गाउँपालिका ६, मांखाका ३५ वर्षीय पुरुष वेपत्ता भएका छन् । मांखाका नारायण पराजुली साउन १७ गतेदेखि वेपत्ता भएका हुन् । उनी साउन १७ गते घरबाट काठमाडौं जान भनि हिडेको र साढे नौ तिर मांखाबाट अँधेरी दुध बोक्ने गाडीबाट झरेपछि वेपत्ता भएको वडाध्यक्ष चरी बहादुर लामाले जानकारी दिएका छन् । उनी कहाँ के छन् अहिलेसम्म पत्ता लागेको छैन् । उनको खोजी गरिदिन परिवारले स्थानीय प्रशासन समक्ष पनि अनुरोध गरेका छन् । तर हालसम्म निजको बारेमा थाहा हुन सकेको छैन् । यस्तै बलेफि ६ कै अर्का पुरुष पनि केही समय अघिदेखि वेपत्ता भएका छन् । खाडिचौर जान्छु भनि घरबाट हिडेका जोगिडाँडाका वर्ष ६५ का तारा प्रसाद पराजुली वेपता भएका हुन् । यसैगरी वडा नम्बर ६ कै अर्की एक महिला पनि वेपत्ता भएकी छिन् । बसेरीकी ८५ वर्षीय सुकुमाया तामाङ वेपता भएको वडाध्यक्ष तामाङले बताए । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे