Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारलिदी पहिरोपीडितलाई सिन्धु वेलफेयरको ४ लाख सहयोग

लिदी पहिरोपीडितलाई सिन्धु वेलफेयरको ४ लाख सहयोग


चौतारा । सिन्धु वेलफेयर सोसाइटी अमेरिकाले जुगल २ लिदीमा पहिरोमा पुरिएर पीडित भएका परिवारका लागि ४ ला आर्थिक सहयोग गरेको छ ।

सिन्धु वेलफेयरका अध्यक्ष छिरिङ तेन्जिङ लामा र महासचिव पेमा डि शेर्पाद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस संस्थाको बाढीपीडित प्राकृतिक प्रकोप सहयोग कोषबाट ४ लाख सहयोग गरिएको उल्लेख छ ।

उक्त रकम सोही वडाका वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको रोहवरमा पहिरो पीडितहरुलाई प्रदान गरिने बताइएको छ ।

यसअघि सोसाइटीले मेलम्ची नगरपालिका गहिराबगरमा भएको बाढीपहिरोमा जयान गुमाएकाहरुलाई १ लाख, पाँचपोखरी गाउँपालिकामा ज्यान गुमाउनेहरुलाई तीस हजार र भोटेकोशी गाउँपालिका फुल्पिङकट्टीमा ज्यान गुमाउनेहरुलाई जनही १ लाख सहयोग गरेको थियो । सोसाइटीले जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस