Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठसमाचारलिदी पहिरो प्रभावितलाई रेडक्रसको सहयोग

लिदी पहिरो प्रभावितलाई रेडक्रसको सहयोग


चौतारा । नेपाल रेडक्रसले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरो प्रभावितलाई घटनाको दोस्रो दिन शनिबार १० दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत घटनास्थलमा दाल, चामल, तेल, नुन, गरम मसला पठाइएको रेडक्रसले जनाएको छ ।

साथै अस्थायी शौचालयका लागि दुई स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजीकरणमा खानेपानीका लागि एक हजार ४०० मिटर पाइप पनि पठाइएको छ । पहिरोमा परी अहिलेसम्म १२ जनाको शव फेला परेको र २७ अझै बेपत्ता रहेका तथा ३७ घर पूर्ण क्षति भएको र करिब १७९ घर प्रभावित भएको रेडक्रसले जनाएको छ ।

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले शुक्रबार तत्कालै काम शुरु गरेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा प्रभावित परिवारमध्ये तत्काल ३० परिवारका लागि पुग्ने गरी आवश्यक पर्ने गैरखाद्य सामग्री पूर्ण सेट पठाइएको उनले बताए । पहिरोबाट पूर्ण क्षति भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याम्पमा बसेका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस