Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठराजनीतिराज्यको गम्भीर लापरवाहीका कारण सिन्धुपाल्चोकको लिदीमा पहिरोः काँग्रेस

राज्यको गम्भीर लापरवाहीका कारण सिन्धुपाल्चोकको लिदीमा पहिरोः काँग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको बढ्दो आक्रमकता र देशका विभिन्न स्थानमा बढ्दो बाढीपहिरोको क्षतिप्रति गम्भीर तदारुकता साथ कार्य गर्न तीनै तहका सरकारलाई अपिल गरेको छ ।

काँग्रेसले शनिबार एक विज्ञप्तिमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा शुक्रबार गएको पहिरोको घटनाका सम्बन्धमा प्रश्न उठाउँदै सो स्थानका जनताका समस्या समयमै राज्यका निकायले सुनुवाइ नगर्नु गम्भीर लापरवाही भएको आरोप लगाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जुगल गापाको–२ का लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संचगाउँ आदि बस्तीका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि सो बारेमा ठोस पहल नभएको आरोप लगाएका छन् ।

उनले पहिरोमा ज्यान गुमाएकाहरुले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहारेको तर राज्यको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनीहरुलाई जोगाउने दायित्व निर्वाह नगर्नु अक्षम्य गल्ती हो भनेका छन् ।

“प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो”, विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस