Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा परेका १८ को शव फेला, २१ अझै वेपत्ता

लिदी पहिरोमा परेका १८ को शव फेला, २१ अझै वेपत्ता


चौतारा । जुगल –२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सात जनाको शव फेला परेसँगै मृतकको संख्या १८ पुगेको हो ।

शुक्रबार ११ जनाको शव फेलापरेको थियो । पहिरोमा पुरीएर अझै २१ जना बेपत्ता रहेका छन् । वर्षा जारी रहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

शनिबार माइला पराङ दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कविर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङको शव फेलापरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!