Techie IT
Wednesday, October 28,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाचारलिदीका पहिरो पीडितलाई खाद्यान्न सहयोग

लिदीका पहिरो पीडितलाई खाद्यान्न सहयोग


चौतारा । टुकी सघं सुनकोशी र जिल्ला बिपद ब्यबस्थापन तथा पूर्व तयारी समितिको समन्वय तथा केयर नेपालको आर्थिक सहयोगमा जुगल लिदीका पहिरो पीडितहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।

आज लिदीका ४२ परिवारलाई खाद्यान्न सहयोग गरिएको टुकीसंघ सुनकोशीका प्रमुख ज्ञानेन्द्र पौडेलले जानकारी दिए । उनीहरुलाई पाँच दिनलाई पुग्ने खाध्यान्न (चिउरा, मिक्स्ट दालमोठ, बिस्कुट चिनी) र १५ दिनको लागि तयार गर्नु पर्ने खाध्यान्न (चामल, दाल, नुन, चिनी, खानेतेल, बच्चाको लागि सर्बाेत्तम पीठो) सहयोग गरिएको हो ।

श्री एयरलाइन्सको हेलिकप्टरबाट ३ पटक उडान ढुवानी गरी गाउँपालिकाका उपाध्यक्ष र त्यहाँ रहेका सुरक्षाकर्मीमार्फत पीडित घरपरिवारलाई खाद्यान्न रााहत उपल्बध गराएको हो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस