गृहपृष्ठ ∕ समाचार ∕ भदौ १ बाट सिन्धुपाल्चोकमा फेरि लकडाउन भदौ १ बाट सिन्धुपाल्चोकमा फेरि लकडाउन Sindhu Khabar साउन ३१, २०७७ गते १८:०२ मा प्रकाशित चौतारा । कोभिड १९ (कोरोना) भाइरस संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा भदौ १ गतेबाट फेरि लकडाउन हुने भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति को वैठकले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ । यो सँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । लकडाउनको समयमा सबे नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् । अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए । त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह