Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारलिदी पहिरो : १६ को शव फेला, अझै २३ वेपत्ता (पूर्ण विवरण)

लिदी पहिरो : १६ को शव फेला, अझै २३ वेपत्ता (पूर्ण विवरण)


चौतारा ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । पहिरोले सिंगो बस्ती पुरेको छ । बस्ती भन्दा करिब ४ सय मिटर माथिबाट शुक्रबार बिहान आएको पहिरोमा परेका अझै २३ वेपत्ता छन् ।

पहिरोमा घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनीहरु चौतारा अस्पतालमा उपचारार्थ छन् । एक घाइतेको काठमाण्डौंको शिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ताको स्थानीय, प्रहरी, सेनाबाट खोज तथा उद्धार जारी रहेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पहिरो आउँदा ठूलो आवाज आएको थियो । घाइते जुनुमाया तामाङका अनुसार सुरुमा घरहरु हल्लिएको थियो । उनले आफूलाई पहिरो आउँदा भूईचालो आएकोजस्तो महसुस भएको बताइन् । जुनुमायालाई घरकै ढुंगाले आधा शरिर थिचेको थियो  । पहिरोले पुरिएको ठाउँबाट श्रीमानले तानेर बाँच्न सफल भएको उनले बताइन् ।

त्यही पहिरोले बगाएर पनि बा“च्‍न सफल भएका अर्का भाग्यमानी हुन् पासाङ दोङ । ३६ जना हराइरहेको पहिरोमा परेका उनी भाग्यले बा“चे । बिहानको समय पहिरो आउ“दै गर्दा आमालाई भागौ भागौ भनिरहँदा भग्दै गर्दा ढोकामा आइपुग्दा आफूलाई पहिरोले बगाएको उनले बताए ।

स्थानीयवासीले आफ्नो गाउँलाई कुनै पनि दिन पहिरोले पुर्न सक्ने सम्भावित जानकारी सम्बद्ध निकायहरुमा पटक पटक जानकारी गराएका थिए तर सरोकारवालाले चासो नदिएकै कारण यो मानवीय क्षति भएको हो । स्थानीयवासीले आफ्नो गाउँ जोखिम रहेकाले अध्ययन गरि आवश्यक परे स्थानान्तर गरिदिन स्थानीय प्रशासनसामु अनुरोध गरेका थिए ।

स्रोत ः जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस