Techie IT
Tuesday, March 2,2021 / मंगलबार, फागुन १८, २०७७
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा पुरिएर मृत्यु भएका ११ मध्ये ६ जना बालबालिका

लिदी पहिरोमा पुरिएर मृत्यु भएका ११ मध्ये ६ जना बालबालिका


जुगल । जुगल २ लिदीमा गएको पहिरोमा परी ज्यान गुमाएका ११ मध्ये ६ जना बालबालिका रहेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ११ जनामा ६ जना बालबालिका रहेका हुन् ।

पहिरोले पुरिएर मृत्यु हुनेमा ४ बालक र २ जना बालिका रहेका छन् । उनीहरु ४ महिना देखि १४ वर्षसम्मका बालबालिका रहेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुने बालबालिका जुगल २ का १४ वर्षीय छिरिङ दोङ, ८ वर्षका मिलन दोङ, यामुलामु दोङको छोरा बर्ष ५ को सानु दोङ, लामु दोङकी छोरी बर्ष ५ की प्रिती दोङ, दावा लामु दोङकी छोरी ५ महिनाकी कान्छी दोङ भन्ने तारालामु दोङ र धनमाया तामाङको छोरा ४ महिनाको रेमीश दोङ रहेका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस