Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठराजनीतिलिदीवासीलाइ आश्वासन हैन राहत र सुरक्षित पूर्नवासको व्यवस्था गरः निमा लामा

लिदीवासीलाइ आश्वासन हैन राहत र सुरक्षित पूर्नवासको व्यवस्था गरः निमा लामा


जुगल । नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलका सचिव तथा प्रदेश सभा सदस्य निमा लामाले जुगलको लिदीमा गएको पहिरोमा पुरिएकाहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् । पहिरोमा पुरिएकाको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितहरुलाई राहतको व्यवस्था गर्न उनले प्रदेश सरकारसँग माग गरेका हुन् ।

सिन्धु खबरसँग आज कुरा गर्दै लामाले पीडितहरुलाई आश्वासन भन्दा पनि राहत र उचित पुर्नवासको खाँचो रहेको बताए । `हिजो बिहानदेखि पहिरोमा पुरिएकाको धेरैको अझै उद्धार गर्न सकिएको छैन् त्यहाँको मानिसहरुको जीवन कहालीपूर्ण छ उनले भने, उनीहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।`

माथिबाट पहिरो आउनसक्ने र तलबाट जमिन भासिएको भन्दै केही समयअघि संघ, प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासनसँग ज्ञापनपत्र बुझाएका उनीहरुको माग सम्बोधन हुन नसक्दा यस्तो डरलाग्दो घटना भोग्नुपरेको उनले बताए ।

लिदीमा बाँकी रहेका अन्य मानिसहरुलाई जोखिम क्षेत्रबाट तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्नको लागि उनले प्रदेश सरकारसँग जोडदार माग गरेका छन् । `प्रदेश सरकारको आश्वासन दिने मात्रै काम नहोस् उनले भने, व्यवहारिक रुपमै पीडितहरुको घाउमा मल्हम लगाउन सकोस ।`

उनले केही समयअघि बुल्कोट र जम्बुमा पहिरोमा परेका विस्थापितहरुलाई प्रदेश सरकारले घर बनाइदिने आश्वासन दिएको सम्झिदै त्यसबारे अझै केही काम सुरु नभएको बताए । त्यहाँका पीडितहरु अझै पनि विस्थापित नै भएर बसेका छन् ।

घर बनाइदिने आश्वासन पाएपनि व्यवहारिक रुपमा काम सुरु नहुँदा अनिश्चित भविष्य सम्झेर उनीहरु चिन्तित छन् । त्यसैले जुगलका लिदी वासीलाई यस्ता आश्वासन भन्दा व्यवहारिक रुपमा नै काम गरेर देखाउन उनले प्रदेश सरकारलाई चुनौती दिएका छन् । जुगलको लिदीमा शुक्रबार बिहान पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ भने २७ अझै वेपत्ता छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस