मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारलिदी पहिरोमा मृत्यु भएका ११ को सनाखत, बौद्ध परम्परा अनुसार दाहसस्कार गर्ने तयारी

लिदी पहिरोमा मृत्यु भएका ११ को सनाखत, बौद्ध परम्परा अनुसार दाहसस्कार गर्ने तयारी


जुगल । जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा लिदीका टीका माया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानू दोङ, जय बहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धन माया दोङ र रिमेक्स दोङ रहेका छन् ।

उनीहरु सबैको सामुहिक दाहसंस्कार गर्ने तयारी भएको स्थानीयले बताएका छन् । शवको सामुहिक रुपमा बौद्ध परम्परा अनुसार लामाहरुबाट अन्त्यष्टी तयारी गरिएको छ ।

आज बिहान साढे ६ बजे गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ भने २७ अझै वेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ। पहिरोमा परि २७ घर पुरिएको छ भने, १७ जना घाइते छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!