Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा भएको क्षतिप्रति सिन्धु उद्योग वाणिज्य संघद्धारा दुख व्यक्त

लिदी पहिरोमा भएको क्षतिप्रति सिन्धु उद्योग वाणिज्य संघद्धारा दुख व्यक्त


चौतारा । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले जुगल २ लिदी पहिरोमा भएको मानवीय र भौतिक क्षतिबारे दुख व्यक्त गरेको छ ।

आज संघका अध्यक्ष बेदबहादुर श्रेष्ठद्धारा जारी विज्ञप्तिमा पहिरो पीडितहरुलाई सहयोग गरिदिनुहुन सबै उद्योगी व्यवसायीलाई आग्रह गरिएको छ ।

संघले उद्धार कार्यमा सहभागी सेना, प्रहरी, स्थानीय सबैलाई धन्यवाद दिँँदै ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जलि दिँदै घाइतेको उद्धार र उपचार गर्न पनि माग गरेको छ ।

साथै संघले पीडितहरुलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउँदैं उनीहरुको सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

आज बिहान जुगलको लिदीमा पहिरो जादा ११ को मृत्यु भएको छ भने २७ जना अझै वेपत्ता भएका छन् । २७ घर पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको छ भने १७ जना घाइते भएका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!