गृहपृष्ठ ∕ समाचार ∕ लिदी पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै २७ वेपत्ता लिदी पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै २७ वेपत्ता Sindhu Khabar साउन ३०, २०७७ गते १७:१२ मा प्रकाशित चौतारा । जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २७ वेपत्ता छन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । पहिरोमा घाइते भएका ७ जनाको उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको छ । बेपत्ताको स्थानीय, प्रहरी, सेनाबाट खोज तथा उद्धार जारी छ । मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिरो आउँदा ठूलो आवाज आएको थियो । घाइते जुनुमाया तामाङका अनुसार सुरुमा घरहरु हल्लिएको थियो । उनले आफूलाई पहिरो आउँदा भूईचालो आएकोजस्तो महसुस भएको बताइन् । जुनुमायालाई घरकै ढुंगाले आधा शरिर थिचेको थियो । पहिरोले पुरिएको ठाउँबाट श्रीमानले तानेर बाच्न सफल भएको उनले बताइन् । त्यही पहिरोले बगाएर पनि बाच्न सफल भएका अर्का भाग्यमानी हुन् पासाङ दोङ । ३६ जना हराइरहेको पहिरोमा परेका उनी भाग्यले बाचे । बिहानको समय पहिरो आउ“दै गर्दा आमालाई भागौ भागौ भनिरहँदा भग्दै गर्दा ढोकामा आइपुग्दा आफूलाई पहिरोले बगाएको उनले बताए । स्थानीयवासीले आफ्नो गाउँलाई कुनै पनि दिन पहिरोले पुर्न सक्ने सम्भावित जानकारी सम्बद्ध निकायहरुमा पटक पटक जानकारी गराएको थियो तर सरोकारवालले चासो नदिएकै कारण यो मानवीय क्षति भएको हो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे