Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठब्लग / विचारलिदी पहिरोकी घाइते भन्छिन् -‘श्रीमानले तानेपछि बाँचे’

लिदी पहिरोकी घाइते भन्छिन् -‘श्रीमानले तानेपछि बाँचे’


  • जुनुमाया तामाङ (घाइते)

‘घरको बुइंगलमा राखेको कोदोमा पानी परेको छ कि भन्ने लगेर कोदो चलाउन गएको थिएँ । ठूलो आवाज आयो । घर हल्लेको जस्तो लागेपछि भूईचालो आएकोजस्तो महसुस गरें । तर, पहिरो आएको रहेछ ।

घरहरुलाई पहिरो पुर्यो । घरकै ढु्ंगाले मेरो आधा शरिर थिच्यो । श्रीमानले तान्नु भयो । बाहिर निकाल्नु भयो । अनि बाँचे ।

हाम्रो दुई वटा घर थियो । एउटा चाँहि पहिरोले पुरै पुरेको छ । छोरी पनि पानी लिन पधेंरामा गएकीले बाँचेकी छ ।

पहिरो ठूलो आएको छ । धेरै घरहरु पुरिएका छन् ।’

(उपचारका क्रममा चौतारा अस्पतालमा गरिएको कुराकानीमा आधारित)


क्याटेगोरी : ब्लग / विचार, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!