Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाचारसभामुख घटनास्थलमा,३६ जना वेपत्ता भएको अनुमान, सेना र प्रहरी टोली उद्धारमा, पुरिएका शव निकाल्न कठिन

सभामुख घटनास्थलमा,३६ जना वेपत्ता भएको अनुमान, सेना र प्रहरी टोली उद्धारमा, पुरिएका शव निकाल्न कठिन


चौतारा । जुगल गाउंपालिका २ लिदीमा आज विहान गएको पहिरोमा कम्तिमा ३६ जना पुरिएर वेपत्ता भएको अनुमान छ । घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही शवहरुको अंश बाहिर देखिए पनि उद्धार गर्न सकिएको छैन ।

नेपाली सेनाका १४ जना घटनास्थल पुगिसकेका छन् । प्रहरी भने अव आधा घण्टामा पुग्ने जानकारी प्राप्त भएको छ । मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न कठिन भएकाले उद्धारमा ढिलाई भएको जानकारी प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दिए ।

सभामुख सापकोटाले लिएर गएको सेनाको हेलिकोप्टरले ४ जना घाइते सदरमुकाम चौतारा ल्याएको छ । उनहिरुको चौतारा अस्पतालमा उपार भइरहेको छ । विकट बस्ती भएकाले पैदलबाट छिटो पुग्न नसकिने भएकाले हेलिकोप्टर बाहेक उद्धार सम्भव नभएको स्थानीय प्रशासनले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस