बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारलिदी पहिरो : जनप्रतिनिधि र स्थानीय प्रशासन नआएको स्थानीयको आक्रोस, खोज तथा उद्धार पनि गर्न सकिएन

लिदी पहिरो : जनप्रतिनिधि र स्थानीय प्रशासन नआएको स्थानीयको आक्रोस, खोज तथा उद्धार पनि गर्न सकिएन


गोल्चे ।

जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएपछि खोज तथा उद्धारमा स्थानीय प्रशासन र जनप्रतिनिधि नआएको प्रति स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।
माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धार गर्न नसकेको स्थानीयको भनाई छ । पहिरो गएको ५ घण्टा बितिसक्दा पनि उद्धारका लागि कोही नआएको स्थानीय पेशलाल दोङले बताए । उनका अनुसारकम्तीमा ३५ वेपत्ता भएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।
२ वटा शब पहिरोबाट बाहिर निस्किएको अवस्थामा देखेका छौं । निकाल्न सकिएको छैन, उनले भने । मान्छेहरु सबै आत्तिएका छन् । के गर्ने नगर्नेमा छन् । सबै रोइकराई गरिरहेको अवस्थामा स्थानीय प्रशसनले जिम्मेवारी नदिएको उनले आरोप लगाए ।
बिहानीपख पहिरो गएकाले पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।
नजिकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिरोले बगाएकाले उद्धारमा समस्या भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!